काठमाडौंः काठमाडौं महानगरपालिकाले सडकमा छाडा छोडिएका चौपायालाई नियन्त्रण गर्ने कार्य सुरु गरेको छ ।

सडकका बीच भागमा बस्ने, सडक पेटीमा हिड्ने पैदलपात्रुलाई हान्ने, सडक दूर्घटना बढाउने, फलफुल तथा तरकारी पसलहरुमा बेच्च राखेको बस्तुहरु खाइदिनुका साथै यस्ता चौपायाले सहरको सौन्र्दयतालाई समेत बिगारेको भन्दै नियन्त्रणमा लिन थालिएको हो ।

खास गरि गाईका बाच्छाहरु जुन माउले दुध दिन छाडेपछि सडकमा ल्याएर छाडिएका, ब्याउन छाडेका माउ गाईहरुलाई पालनपोषण गर्न गाह्रो हुने भएकोले छाडा छोड्ने प्रवृतिले गर्दा महानगरपालिकाको सडकमा छाडा चौपायाको संख्या बढेको हो ।