बुटवलः बुटवल उपमहानगरपालिकामा सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ ।

आउँदो साउन महिनासम्ममा नगरभित्रका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि पुनःस्थापना अभियान शुरु गरेको बताएको छ ।

आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि भवनसमेत उपलब्ध गराएको छ । तीन महिनाभित्रमा बुटवलका सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुसार गरिने अभियन्ताहरुले जानकारी दिएका छन् ।


यसरी बेसाहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिनुले शहरको सौन्दर्यता बढ्नुको साथै उनीहरुको जीवन समेत सहज हुनेछ ।