काठमाडौंः टेकु स्थित टेकु र सानेपा जोड्ने पुल मुनिको सडकमा पानी जम्मा हुँदा आवागमनमा अवरुद्ध भएको छ । जसका कारण हजारौं सर्वासाधारणहरु समस्यमा परेका छन् । भने कति सवारी साधन पानीमा डुबेर बिग्रिसकेका छन् ।

पानी जमेका कारण सडक खोला जस्तै देखिएको छ । यसरी पानी जमेर आवागमनमा अवरुध्द भएको यो पहिलो पटक भने होइन । हरेक बर्ष बर्षायाममा यसरी पानी जम्मा हुने गरेको स्थानीय बताउँछन् ।

आइतबार बिहानै त्यहाँ एउटा अनौठो दृश्य देखियो, जहाँ स्थानियहरु मिलेर गाडी धकेल्दै थिए । यूएन पार्क तर्फ बाट आइरहेको गाडी बाटो नभएपछि पुल मुनिको खाली भागको प्रयोग गरेर जाँदै जाँदै थियो तर त्यहीँ पनि पानीका कारण हिलाम्मे भएकाले गाडी बिचैमा फस्न पुगेको हो ।


। यसरी नै दैनिक १०/१५ वटा सम्म गाडीहरु फस्ने गरेका छन् ।

त्यसै हालसम्म कयौं ट्याक्सी, कार, मोटरसाइकल लगायतका सवारी-साधन पानीमा नै फसिसकेका छन् । सडकमा पानी जमेर करीब १ मीटर जतिको उचाइमा छ । छेउमै रहेका दुबै बैकल्पिक बाटोहरु एकतर्फी रहँदै आएका छन् । जसका कारण सवारी साधन आवागमनमा समस्या भएको हो ।

यसरी पानी जमेको करीब २ महीना हुन लाग्यो तर सडक विभाग भने आँखा चिम्लिएर बसेको छ । पानी जमेको ठाउँबाट सड़क विभाग जम्मा साढे १ किलोमीटरको दुरिमा पर्छ । तर सडक विभागको लापरबाहीका कारण यस्तो सास्ति बेहोर्नु परेको स्थानीयको आरोप छ ।