काठमाडौंः हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको ‘र्‍याइँ र्‍याइँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार एवं गजलकार हरि उप्रेतीको शब्दलाई संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् ।

गीतकार उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’ मा समावेश रहेको गीत ‘र्‍याइँ र्‍याइँ सारङ्गी’ को संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ । गीतमा मौलिक शब्द तथा नेपाली जनजिवन सुहाउँदो परिवेशलाई बर्णन गरिएको छ ।

भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ । भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने माधव वेलबासेको सम्पादन रहेको छ ।


भिडियोको छायांकन आवेश बज्राचार्यले गरेका हुन् । त्यस्तैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन् ।

भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १७:०४