काठमाडौंः साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम गायक श्रेष्ठको अभिनय रहेको छ ।

साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ । युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस ११ गते शनिबार, १४:१२