दिल्ली: एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सका ३ विकेट लिएका छन्।

पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप दुई विकेट लिए।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याट्सम्यान सुर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए ।

नवौं ओभरको पहिलो बलमा नै उनले किरन पोलार्डलाई आफ्नो शिकार बनाए । त्यसपछि क्रिजमा आएका कुणाल पाण्डेयलाई उनले ओभरको चौथो बलमा आउट गरे ।