काठमाडौँ: सन्दिप लामिछाने सहित विश्व एघार टिम आज इङ्ल्यान्डको लर्डस मैदानमा विश्व च्याम्पियन वेष्ट इन्डिजसँग मैत्रीपूर्ण च्यारिटी टी २० खेल खेल्दै छन् ।

पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी-२० को मान्यता समेत दिएको छ।

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीको नेतृत्वमा रहेको विश्व एघारले नेपाली समय अनुसार आज राति १०:४५ बजे वेष्ट इन्डिज विरूद्ध खेल्नेछ। इंग्ल्याडका कप्तान इयोन मोर्गन घाइते भएपछि अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको हो।


विश्व एघारको प्रारम्भिक टोलीमा केही परिवर्तन भएको छ। मोर्गन, अफ्रिदी, शोएब मलिक, थिसारा परेरा, राशिद खान, शाकिब अल-हसन, तमीम इकबाल, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, ल्यूक रोंची, मिशेल मेक्लेघनजस्ता खेलाडीलाई यसअघि समावेश गरिएकोमा केही खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन्। यस्तै नेपाली युवा खेलाडी सन्दिप लामिछानेसहित केही अरू नयाँ खेलाडीलाई स्थान दिइएको छ।पाण्ड्याले पनि आफ्नो नाम फिर्ता लिएका छन् भने उनको स्थानमा मोहम्मद शामीलाई राखिएको छ। यस्तै मोर्गनको स्थानमा सैम बिलिंग्सले खेल्ने भएका छन्। इंग्ल्याण्ड आदिल राशिद र सैम कुरान पनि टिममा अटाएका छन्।

यसरी फेसबुकबाट लाइभ खेल हेर्न सकिन्छ

क्रिकेटको सर्वच्च संस्था इन्टरनेशनल क्रिक्र्ट काउन्सिल (आईसीसी) ले दिएको जानकारी अनुसार आजको खेल आइसीसीकै अफिसियल फेसबुक पेजमार्फत हेर्न पाइने भएको छ।

खेल सुरु भए पछि तल दिइएको लिंकमा थिच्नुहोस्

https://www.facebook.com/icc/