काठमाडौंः नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

बिहीबार भएको ड्राफ्टबाट सन्दीपलाई होबर्टले अनुबन्ध गरेको हो ।

लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका सन्दीपको सम्झौता रकम भने खुलाईएको छैन ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १२:०६