काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका हुन् ।

सन्दीप पुरानै टोली लाहोरबाट प्रतियोगिताको बाँकी खेल खेल्न आज पाकिस्तान प्रस्थान गरेका छन् ।

जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेटर रासिद खानले पीएसएलको विचमा नै प्रतियोगिता छोड्नु परेको थियो । उनको स्थानमा लाहोरले सन्दिपलाई उचित विकल्पका रुपमा रोजेको हो ।

सन्दीप आज कतार एअरवेजमार्फत दोहा हुँदै प्रतियोगिता स्थल कराँची पुग्नेछन् ।

लाहोरले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ ।


। लाहोरले आइतबार कराची किंग्ससँग खेल्दैछ । सन्दीपले कहिलेदेखि खेल्ने भन्नेबारे प्रष्ट भएको छैन ।


प्रकाशित मितिः २०७७ साल फागुन १५ गते शनिबार, १३:१९