काठमाडौं : नेपाल आइडलबाट चर्चामा आएकी गायीका सन्ध्या जोशीको शुभकामना बोलको गीत सार्वजनिक भएको छ ।

‘शुभकामना’मा जोशीले स्वर दिएको उक्त गीत कादम्बरी दाना श्रेष्ठले रचना गरेकी हुन  भने संगीत शंकर थापाले भरेको गीतमा एरेन्ज उद्धवराज पौडेलले गरेका हुन्। गीतको भिडियोमा गायिका जोशी स्वयम्ले एकल अभिनय गरेकी छन् ।

उक्त गीतको भिडीयो निर्देशन, छायांकन र सम्पादन देवजंग थापाले गरेका हुन् । उक्त गीतको भिडीयोमा गायिका सन्ध्या जोशी र गीतकार श्रेष्ठको अभिनय गरेका छन् ।

भिडियो सहित