काठमाडौं: आरोही इन्टरटेनमेन्टको ब्यानरमा फिल्म ‘गोपी’ बन्ने भएको छ ।

कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि बर्तमान समयमा स्वदेशमै सपनाको खेति गर्ने युवाप्रति समर्पित फिल्म हो ‘गोपी’ ।

देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथाबस्तुमा आधारित रहेर फिल्म बन्ने निर्माण पक्षले जनाएको छ ।

दर्शकलाई मनोरंजन साथै केहि प्रेरणा, आशा र केहि उर्जा दिन फिल्म सफल हुने विश्वास हामीले लिएका छौँ’, फिल्म निर्माण टिमको भनाई छ ।

आरोही केसीले निर्माण गर्न लागेको फिल्ममा कथा र निर्देशन दीपेन्द्र लामा, पटकथा सामिप्यराज तिमल्सिना तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको छ ।


। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, लगायतको मुख्य भूमिका रहने छ ।