दाङः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताएका छन् ।

आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको उनको भनाई थियो ।

हिजो जनतालाई दिएका आश्वासन पार्टी एकतापछि रुपान्तरणमा अनुभव हुनेगरी देखाउन चुनौती रहेको र लामो समयको संघर्षपछिको अहिले प्राप्त उपलब्धिमा नेपाली कांग्रेसको भूमिका पनि उत्तिकै रहेको भन्दै सहकार्यबाट देश विकासमा लाग्ने बताए ।