सप्तरीः राजगढ गाउँपालिका–२ बनैनियाबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–४ बस्ने २१ वर्षीय कृष्ण यादव लगायत २ जना रहेका छन् ।

उक्त स्थानमा बुबलेट सशस्त्र प्रहरी बल वेश क्याम्प बनैनियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई डाइलेक्स डिसी २० बोलत र नाइट्राजेपाम २ सय २५ पिस सहित फेला पारी आवश्यक कारवाहीको लागि प्रहरी चौकी झुटकी सप्तरीमा बुझाएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १५:२१