सप्तरीः अग्निसाईर कृष्णा सावरण गाउँपालिका–५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई अवैध लागूऔषध गाँजा सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा ९ सय ग्राम गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १९:००