सप्तरीः कञ्चनरुप नगरपालिका–२ मा आज बिहानै कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ७० वर्षीय तिलक सुरत रहेका छन् ।

बा १८ च ७७३४ नम्बरको कारले सुरतलाई आज बिहान सवा ६ बजे ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १६:१४