सप्तरीः राजगढ गाउँपालिका–४ मा आज खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय अनिल कुमार मण्डल रहेका छन् ।

आज बिहान साढे ३ बजे खेत जोत्ने क्रममा स १ त ५८७६ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १४:५६