सप्तरीःसप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादव, महादेवा गाउँपालिका- २ का ६० वर्षीय छेवी ठाकुर, सोही स्थानका २७ वर्षीय बेतन यादव र राजगढ गाउपालिका- ३ का केसीलाल साह मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चट्याङ लागेर चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

केसीलाल साहको उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर थप ३ जना घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएकी राजगढ गाउँपालिका-३ का १८ वर्षीय आशा मण्डलको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ।


। राजगढ र महादेवाका अन्य २ घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ ।


प्रकाशित मितिः बिहीबार ११ असार, २०७७, १२:३०