सप्तरीः रुपनी गाउँपालिका–६ विरेन्द्र बजार नजिकै मंगलबार बेलुकी जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएका छ ।

मृत्यु हुनेमा सप्तरीकै महादेवा गाउँपालिका–६ ढिकुलेका अन्दाजी ३५ वर्षीय राकेश कुमार यादव र सोही ठाउँका अन्दाजी ४० वर्षीय प्रभास यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको स १ च १३८१ नम्बरको स्कापियो जीपले सोही दिशातर्फ जाँदै गरेको स १० प ८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार प्रभासको घटनास्थल मृत्यु भएको हो । यस्तै, मोटरसाइकल चालक राकेश कुमारको भने उपचारको क्रममा सगरमाथा अस्पतालमा मृत्यु भएको हो ।


ठक्कर दिने जीप सहित चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः बुधबार, पुस ९, ११:४४