सप्तरीः रुपनी गाउँपालिका–५ औद्योगिक क्षेत्र नजिक मंगलबार राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ रायपुरका ३२ वर्षीय छोटेलाल यादब रहेका छन् ।
ना ४ त ८२३९ नम्बरको ट्याक्टर र अनटेष्ट लेखिएको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २४ गते बुधबार, १०:४४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook