सप्तरीः हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा मंगलबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा आएका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीकै कञ्चनरुप नगरपालिका–५ का अन्दाजी २० वर्षीय देव कुमार चौधरी रहेका छन् ।

भण्टावारीबाट कल्याणपुरतर्फ आउँदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले सोहि दिशातर्फ आउँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ११ गते बुधबार, ०८:३४