सप्तरीः शम्भुनाथ नगरपालिका–८ मा आज बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने २५ वर्षीय सोनु पासवान रहेका छन् ।

ना ५ ख ६६४४ नम्बरको बस र बा ४२ प १४२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १८:५३