सप्तरीः बोदेबसाइन नगरपालिका–१० खडकपुरमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय बालेश्वर साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।

स १० प ७९१९ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारको क्रममा न्युरो विराटनगरमा मृत्यु भएको हो ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०८:५६