सप्तरीः हनुमाननगर कंकालिनि नगरपालिका–१ मा आज बिहान मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा चढेका अन्य २ जना घाइते भएका छन ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कोइलाडी गाँपालिका सखरपुरा बस्ने ३० वर्षीय शिव कुमार मुखिया रहेका छन् ।

पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स ३ प ३०४७ नम्बरको मोटरसाइकल बिग्रेर रोकी राखेको रोलरमा ठोक्किँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

घाइतेहरुको विराटनगर गोल्डेन अस्पतालमा उपचार भईरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १६:११