सप्तरीः रुपनी गाउँपालिका–१ मा आज दिउँसो वानटनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको अग्निसायर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्र प्रसाद लेखी रहेका छन् ।

बा १ ग १९८१ नम्बरको वानटनले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुवै सवारी साधन र वानटन चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, २०:५३