सप्तरीः रोपनी गाउँपालिका–६ बिरेन्द्रनगरमा सोमबार राति सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका–१ बाजितपुरका ३५ बर्षीय राम कुमार खतवे रहेका छन् ।

नम्बर नखुलेको सवारी साधनले खतवेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

संकास्पद को १ ख १४६८ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, १६:४६