काठमाडौंः दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौंमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा संकटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो ।


। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ब्रुमरले दैनिक धुलो संकलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा ब्रुमर परिचालन गरेको छ ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०६:०९