भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबभन्दा बढ्दा भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरुको घेराबन्दीमा रहेको बताएका छन् ।

बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सूचनामन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिचार राखे ।

‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।’ उनले भने, ‘प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरु भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो ।


।’

उहाँले भने, ‘नेपाली कांग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए ।’ पदमा पुगेपछि नेताहरुमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको बताए ।

अध्यक्ष बिजुक्छेंले सङ्घीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत भएको बताए ।

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा गरिएको कार्यशैली उपयुक्त नभएको बिचार व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेंले विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । यस्तै, अन्तर विद्यालयस्तरीय विभिन्न प्रतियोगिता र विद्यालयका आन्तरिक प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलगायत विभिन्न आन्तरिक प्रतियोगितामा सफललाई कार्यक्रममा पुरस्कार वितरण पनि गरिएको थियो ।

वार्षिकोत्सकै अवसरमा शुुक्रबार साँझसम्म गीत, नृत्य, नाटकहरु प्रदर्शन गरिएको थियो । यसै अवसरमा विद्यालयले दुई दिने शैक्षिक प्रदर्शनी पनि गरेको थियो ।


प्रकाशित मितिः शनिबार, फागुन १७, १३:२६