काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेर बैठक सम्पन्न भएको हो ।

पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलद्वारा पेस गरिएको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरूले सुझाव दिएका थिए ।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।

बैठकमा सरकारमाथि चौतर्फी आक्रमण भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।


। पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर आक्रमणको प्रतिवाद गर्नुपर्नेमा जोड दिएको बुझिएको छ ।

केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिकृया दिएका छन् ।