काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बेलाएका छन् ।

सभापति देउवाले आज मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

आगामी भदौ महिनाका लागि तय गरेको पार्टीको महासमितिको बैठकको तयारीका लागि छलफल गर्न उनले शीर्ष नेताहरुलाई छलफलका लागि दिउँसो ३ बजे बोलाएको बुझिएको छ ।

नेताहरुको दबावपछि चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेपनि मिति र स्थान भने तय भइसकेको छैन ।