काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

संवैधानिक अंगमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।

पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतले आज टुंगो लगाउने छ ।

रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ ।


। यस्तै, संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको छ ।

संसदीय सुनुवाइ हुन नसकेको भन्दै सभामुख सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्‍मै फिर्ता पठाएका थिए । तर त्यसका बाबजुद राष्ट्रपतिले नियुक्ति गरेपछि सभामुख आफै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, ०९:३४