सुर्खेतः सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।

कर्णाली प्रदेशका सांसद समेत रहेका उनले प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीले आफ्नो हट नछाडेपछि उनले राजीनामा दिएका हुन् ।

सांसद रेग्मीले संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिँदा सभामुख शाहीले अनेकन कुराहरु गर्न थालेपछि त्यसरी पदमा बस्नुभन्दा नबस्नु नै उत्तम ठानेर राजिनामा दिएको बताएका छन् ।

बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेपछि सांसद रेग्मीले राजीनामा दिएको पत्रकार खड्ग शाहिले जानकारी दिएका छन् ।