काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्दै भने, “ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।

सचेतक खाँडले संविधानको धारा ९२ को उपधारा १ बमोजिम सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।


। राजनीतिक दल सम्बन्धी ऐनमा पनि सभामुख र उपसभामुखले दल परित्याग गरेको नमानिने भनेर लेखिएको उल्लेख गर्दै उनले भने, “ऐन कानुन बमोजिम एउटै दलका सभामुख र उपसभामुख बन्न नपाईने कानुनी व्यवस्थाको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछु।”

नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुख कुनै पनि दलसँग सम्बद्ध नरहेको दाबी गरे । बारम्बार यही प्रश्न उठाएको भन्दै उनले आपत्ति जनाए ।

सभामुख कृष्णबहादुर महरा तत्कालिन माओवादी केन्द्र र उपसभामुख शिवमाया तुम्बाहाम्फे एमालेबाट निर्वाचित भएका थिए ।