काठमाडौंः कलाकार तथा मोडेल सभ्यता गिरी र भुषण पाटिलको फिचरिङमा रहेको ‘पसन्द आया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो जि म्युजिकको अफियल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रतिभा शर्माको आवाजमा रहेको गीतमा विपिन दासको शब्द तथा संगीत रहेको छ । जितेन्द्र सिंंह रानाको छायांकन, राजाको सम्पादन तथा आनन्द राउतको निर्देशन भिडियोमा रहेको छ ।

प्रेम र रोमान्सलाई ‘पसन्द आया’ गीतमा समेटिएको छ । युगल जोडीको मनोभावनालाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १८:२६