काठमाडौंः गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्रीमा आफ्नो पदवाहाली गरेको एक सय दिन पुरा भएको अवसरमा गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार जो सुकै र जसका आफन्ती, घरधनी, सांसद् नै किन नहुन् तिनीहरुलाई कारबाही हुन्छ र गरिन्छ पनि ।’

ठेकेदारले समयमा काम पूरा नगर्ने अथवा ठेक्काको महत्व नबुझ्ने जो सुकैलाई पनि राज्यका गैरकानुनी कार्य र ठगी हुन् भन्दै थापाले सबैलाई कानुनी दायराभित्र ल्याएर कारबाही गरिने बताए ।

नेपालको राजनीनिमा अस्थिरता पैदा गर्ने कार्य भइरहेको र सरकार सुशासन गर्नतर्फ अग्रसर रहेको भन्दै उनले, भष्ट्राचारी, तस्कर, कालोबजारी, वित्तिय क्षेत्रको विचलन, वैदेशिक रोजगारको नाममा ठगी र लागूऔषध जस्ता अपराधिक कार्य गर्नेलाई जस्तोसुकै कारबाही गर्नसमेत सरकार पछि नहट्ने बताए ।