काठमाडौंः गायिका समिक्षा अधिकारी र गायक सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा विष्णु नेपालले शब्द रचना र गायक कुँवरकै संगीत र केशब बडुको एरेन्ज रहेको छ ।

कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ ।

भिडियोमा गायिका अधिकारी, गायक कुँवर, विष्णु नेपाल, योगेन्द्र कार्की, मधुसुदन अर्यल र बाल कलाकार आरभि अर्यालको अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई कुँवरले फकाइरहेको देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, असोज १२, २०७७, १९:५१