काठमाडौं: ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले प्राप्त गरेको छ ।
हालसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई फोन नम्बर सहितको नाम संकलन गरी पठाउन निर्देशन दिएका थिए सोहि अनुसार हालसम्म ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयमा आएको हो ।
त्यस्तै ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम आउन बाँकी धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्लासहित सात जिल्लाहरु रहेकाछन् ।
।
मन्त्रालयले प्राप्त गरे मध्दे काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook