काठमाडौंः संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेका बेला सम्बन्धित मन्त्री संसदमा नआएको भन्दै कांग्रेसका सांसदहरुले नियमापत्ति जनाएका छन् ।

बैठक सुरु भएको केही बेरमै कांग्रेसका सांसदले विनियोजन विधेयकमाथि छलफल भएपनि गृहमन्त्री संसदमा उपस्थित नभएकाले नियामापत्ति जनाएका थिए । नियामापत्तिलगत्तै कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर संसद अवरोध गरेका थिए ।

त्यसक्रममा सभामुख महराले गृहमन्त्री आउँदै गरेको सुचना पाएकाले संसदहरुलाई आसन ग्रहण गर्न र उर्जा र सिंचाई मन्त्रालयमाथि छलफल गर्न आग्रह गरेका थिए ।

सभामुखले पटक पटक आग्रह गरेपनि कांग्रेस सांसदहरुले सम्बन्धित मन्त्री उपस्थित नभई सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै आसन ग्रहण गर्न नमानेपछि सभामुख महराले १० मिनेट बैठक स्थगित गरेका थिए ।


सोमबार उर्जा, सिचाई, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित रकम र शीर्षकमाथि छलफलको कार्यसूची छ छ ।