काठमाडौंः सम्मानित संस्थाका व्यक्तिहरुको फोटो इडिट गरी राखि स्ट्याटस समेत लेखि फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका–२ बस्ने ४५ वर्षीय गोपी बल लामा रहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

सम्मानित संस्थाका व्यक्तिहरुको फोटो इडिट गरी राखि स्ट्याटस समेत लेखि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेका गोपीलाई हेटौडा उपमहानगरपालिकाबाट पक्राउ आइतबार पक्राउ गरिएको महाशाखाका सुचना अधिकृत प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

गोपीलाई बिद्युतिय कारोबार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाईएको उनले बताए ।



प्रकाशित मितिः मंगलबार, वैशाख ९, १९:१२