काठमाडौंः नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल राजु थापाले आफ्नो कलाकारिता यात्रा ‘अजम्बरी माया’बोलको गीतबाट शुभारम्भ गरेका हुन् ।

उनले आफ्नो कलाकारिता यात्रा गायन विधाबाट गरेका थिए भने अहिले मोडलिंग विधामा पनि देखिन थालेका छन् । कलाकार राजुद्वारा अभिनित गीत सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति ‘हावा चल्यो तिब्रगतिमा’ बोलको रहेको छ ।

कलाकार राजुको साथमा यस गीतको म्युजिक भिडियोमा बिमला गुरुङ्गको पनि निकै मन छुने अभिनय देख्न सकिन्छ ।

सम्राट शहानी र नविना शहानीको संयुक्त प्रस्तुति ‘हावा चल्यो तिब्रगतिमा’ बोलको गीतमा सम्राट शहानी र नविना शहानीको नै सुमधुर स्वर सुन्न सकिन्छ ।


। गीतलाई लय तथा शब्द सिर्जना प्रतिभावान कलाकार सम्राट शहानीले तयार पारेका हुन् ।

कसैको सुन्दरताले मोहित बनाए पछी उसँग टाढा रहेर जिबन बिताउन निकै कष्टकर भएको भाव समाबेस गरिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् राजु थापाले नै गरेका छन् । त्यसैले पनि राजुलाई बहुप्रतिभावान कलाकारको रुपमा चिनिन थालिएको छ ।

भिडियोलाई छायांकन राम के.सी. ले गरेका हुन् भने सम्पादन जोहन राइले गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, असार २२, २०७७, १०:२२