चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको पछिल्लो गतिविधिहरु हेर्दा केही आशा र केही आशंका देखिएको बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलना बोल्दै थापाले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका रहेको बताएका हुन् ।

थापाले भने, “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाई थियो ।


अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए ।