बुटवल: सरकारले जसरी पनि सिन्डिकेट तोडेरै छाड्ने र यातायात व्यवसायी सिन्डिकेट कायम रहनुपर्छ भन्ने अडानबीच आज गृहमन्त्रीले सार्वजनिक यातायात बन्द गर्ने सिन्डिकेट पक्षका व्यवसायीलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

बुटवलबाट प्राप्त सामाचार अनुसार पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे र महासचिव पदम गाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्को समाचार अनुसार प्रहरीले हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरेको जनाइएको छ ।

सरकारले निर्देशन नटेर्ने यातायात समितिहरुका पदाधिकारीहरुलाई पक्राउ गरेर कारबाही गर्दै जाने बताइएको छ भने बन्द गर्ने त्यस्ता यातायात व्यवसायीको रुट प्रमिट नै खारेज गर्ने निर्णय गरेको पनि सरकारले बताएको छ ।