काठमाडौं: स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दिने भनिएको ५ हजार मासिक भत्ता ओली सरकारले कतौतो गरेपछि पिडितहरुले  बालुवाटार घेराउ गरेका छन्।

२०७४ पुस १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस गराइरहेका मृगौला रोगी र क्यान्सरका रोगीलाई यस्तो भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सो भत्ताका बारेमा उल्लेख गरेका छैन । ओली सरकारले रकम वितरणका लागि मापदण्ड नभएको भन्दै हाललाई रोक्ने निर्णय गरेको थियो ।


स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरू सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै प्रधानमन्त्री कार्यालय गेट नजिकै बालुवाटारमा धर्ना दिएका छन् । आइतबार माइतीघर मण्डलामा पर्दशन गरेका उनीहरू सरकारले माग सम्बोधन नगरेको भन्दै आज प्रधानमन्त्री निवास घेर्न बालुवाटार पुगेका थिए । आर्थिक वर्ष २०७५र०७६ को बजेटमा जीविकोपार्जन भत्ताको लागि रकम छुट्याउन दबाब दिँदै उनीहरू आन्दोलित भएका हुन् ।