काठमाडौंः सरकारले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको छ । गृहमन्त्री रामबहादुर थापाले आज पत्रकार सम्मेलन गर्दै यसरी विरोध प्रदर्शन गर्ने स्थानहरु तोकेका हुन्  ।

विरोध प्रदर्शनका लागि काठमाडौंमा ७ स्थानहरुः खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्र छन् भने ललितपुरका ६ स्थानमा
च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार र भक्तपुरको सल्लाघारी खुला मैदान तोकिएको छ ।

तोकिएका स्थान भन्दा  अन्यत्र प्रदर्शन गरे कडा कारबाही गर्ने मन्त्री थापाले बताए ।


। साउन १ गतेदेखि  यो नियम कडा रुपमा निगरानी गरिने उनले भने  ।

यसरी विरोध प्रदर्शनका लागि ठाउँ निर्धारण गराउँदा राजधानीको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनामा सहज हुने तथा सर्वासाधारणलाई राहत मिल्ने जानकारी समेत गृह मन्त्रालयले बताएको छ ।