बुटवलः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको बताएका छन् ।

रिपोर्टर्स क्लव बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको समेत दाबी गरेका छन् ।

सरकारले सस्तो लोकप्रियताका लागी मिठा मिठा शब्द जाल भरेर बजेट बनाएको छ । एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन छैन । शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?

सरकाले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूजी लगानी बिना आर्थिक बृद्वि संभव नभएको भन्दै उनले सरकारले पूजी लगानीलाई कर थोपरोर लगानीकर्तालाई निरुत्साहीत गर्न खोजेको आरोप लगाए ।


आर्थिक बृद्विदर हाँसील गर्नका लागी कति पूजी लागनी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाई छ । आर्थिक बृद्धिदर र पूजि लगानीमा ८० प्रतिशत नीजि क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लागनी हुने गरेको उल्लेख गरेका छन् । उनले नेपालमा ट्याक्स बढि छ यसले लगानी बृद्धिलाई असर गर्छ, ट्याक्स कम हुनुपर्ने बताएका छन् ।

१०० करोड भन्दा बढिलगानीलाइ पब्लिक लिमिटेड कम्पनीमा भनिएपनि यसमा खास बैदेशीक लगानी आउँदैन । उनले  सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाई डिस्करेज गर्न खोजेको भन्दै योजना ल्याउदा अध्ययन होस् तयारी होस्, हावाका भरमा बजेट नबनाउनूस्, प्रधानमन्त्रीलाई जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो नभएको बताए ।

माननीयलार्इ संसदीय बिकास क्षेत्रको ४ करोड दिन नहुने उनको भनाइ छ ।