काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै आज एकै दिन मृत्यु हुनेको संख्या ६१९ जना थप गरेको छ ।

कोभिड–१९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । आज भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १९:३१