सरकारले मुस्लिमका चाड पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरेकोमा नेपाल मुस्लिम संघ, लमजुङले आपत्ति जनाएको छ ।

दिइँदै आइरहेको विदालाई काटौती गरेपछि उनीहरुले यस प्रति आपत्ति देखाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

मुस्लिमहरुको मुख्य चाडपर्व इद र बकर इदमा कम्तीमा एकदिन सार्वजनिक बिदा दिइनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको थियो ।
२०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।