काठमाडौंः अर्थमन्त्री डा युवारज खतिवडाले सरकाराले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण गर्ने भएको छ। तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने र तलब पुनरावलोकन गर्न समिति गठन गर्ने घोषणा गरेका हुन्।

यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्याएको छ।

कर्मचारीको बीमा २ लाख पुर्याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ।