काठमाडौंः सरकारी छाप दस्तखत कीर्ते मुद्दामा फरार रहेका गोरखा साविक ताकु गाविस–२ घर भई हाल ललितपुर साविक सैबु गाविस–४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।


उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

 


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, २१:१२