दाङ:  नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दाङको तुलसीपुरमा तीनवटा सरकारी सवारी साधनहरुमा तोडफोड गरेको छ।

मूल्यवृद्धिको विरुद्धमा सडकमा उत्रिएको नेविसंघले २ ओटा जिप र एउटा मोटरसाइकल तोडफोड गरेका हुन् ।

नेविसंघले अदुवावाली अनुसन्धान केन्द्र कपुरकोट सल्यानको बा२झ ३०७० नम्बरको जिपलाई तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय नजिकै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरको रा १ व २३४ नम्बरको मोटरसाइकल र प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको जिपमा समेत तोडफोड गरेको हो।

चर्को मूल्यवृद्धिका विरुद्ध देशका ७७ वटै जिल्लामा विरोधका कार्यक्रम उत्रिएको नेविसंघले आइतबार पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत सरकारी गाडी सञ्चालनमा रोक लगाउन सडकमा उत्रिएको थियो।


गाडी तोडफोड गरेको आरोपमा एकजना नेविसंघका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।