काठमाडौं, २६ जेठ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नभएको बताएका छन् । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा भएको छलफलमा अध्यक्ष दाहालले भने, ‘सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन’ प्रचण्डले भने, ‘साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन्।

‘काम रोक्ने तथा समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौं । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईंहरू पनि सचेत हुनुहोला।


।’ उनले भने  ‘सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन’ प्रचण्डले भने, ‘साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन्। हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पुरा गर्नु हो।’

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताए। उनले भने, ‘अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो। हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन।’ उनले अनावश्यकरूपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पष्ट पारे।

सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए। उनले भने, ‘राज्य पनि कानूनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ।’